धनकुटा झनैं तनावग्रस्त बन्दै

प्रशाषन भन्छ निषेधाज्ञा, आन्दोलनकारी भन्छन्, कर्फ्यू नै हो

Dkt bawan agajani

धनकुटा । प्रदेश राजधानीको अस्थायी केन्द्र विराटनगरलाई तोकिएपछि धनकुटामा आन्दालन निक्कै चर्किएको छ ।

विहीबार विहान आधा दर्जन सरकारी कार्यालय तोडफोड भएपछि स्थानीय प्रशाषनले निषेधाज्ञा जारी गरेर आन्दोलन रोक्ने प्रयास गरेको छ । प्रशाषनले विहान सँढे ११ बजेदेखि अर्काे व्यवस्था नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

स्थानीय प्रशासनले धनकुटा सदरमुकामस्थित जिरोप्वाइन्ट, श्रीवानी, बिहीबारे हटिया, त्रिवेणी चोकलगायत क्षेत्रलाई निषेधाज्ञा तोकेको छ । तर यसलाई आन्दोलनकारीले कर्फ्यू नै भएको दावी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदीपराज भण्डारीले आन्दोलन उग्र भएपछि त्यसलाई रोक्न निधेधाज्ञा जारी गरिएको बताए । आन्दोलनका नाममा सरकारी कार्यालय तोडफोड गर्ने, सरकारी कर्मचारीलाई खोजी गर्दै आक्रमणको प्रयास गर्ने, गाडी तोडफोड गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले बाध्य भएर अश्रु ग्यास प्रहार गर्न बाध्य भयो’ उनले भने, ‘अर्काे अवस्था नआउञ्जेल निषेधाज्ञा जारी रहन्छ ।’

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि अहिले आन्दोलनकारी ठाउँ ठाउँमा जम्मा भएका छन् । धनकुटा बजारका सबै पसल बन्द छन् । अहिले प्रहरीले धनकुटामा खुल्ला रहेका औषधी पसलसमेत बन्द गराउन थालेको छ ।

अवस्था हेरेर आन्दोलन गर्छौ : प्रदर्शनकारी
अहिले बजार क्षेत्र तनावग्रस्त छ । आन्दोलन दवाउन अत्याधिक सुरक्षाकर्मी परिचालन गरिएको छ । बजार सुनसान बनको छ । स्थानीय प्रशाषनले कफ्र्फु जारी गरेको भन्दै स्थानीय घरबाट बाहिर निस्किएका छैनन् ।

केही आन्दोलनकारीहरु धनकुटा अस्पतालमा जम्मा भएका छन् । उनीहरु विहान प्रहरीको लाठी चार्जबाट घाइते भएका नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईको उपचारमा भइरहेकाले उनको स्वास्थ्य अवस्था बुझ्न जम्मा भएका हुन् ।

प्रदेश नं. २ का सांसद इन्द्रमणी पराजुलीले अहिले जताततै सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शनकारी बाहिर निस्कन नसकेको बताए । तर अव अवस्था हेरेर आन्दोलन गरिने उनले बताए ।

कुनकुन कार्यालय भयो तोडफोड ?
आन्दोलनकारीले क्षेत्रीय प्रशाषनका तोडफोड गरेका छन् । आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा रहेको फर्निचरमा आगो लगाएका थिए । आगलागीवाट टेवल, कुर्सीलगायत फर्निचर जलेका छन् । कार्यालयको झ्यालमा रहेको सीसा समेत फुटेको छ ।

आन्दोलनकारीले डिभिजन सहरी विकास कार्यालयमा समेत तोडफोड गरेका छन् । सो कार्यालयमा रहेको को १ त १०६४ नम्वरको वाइकलाई समेत जलाइएको छ । उच्च अदालत विराटनगर धनकुटा इजलास, सरकारी वकिल कार्यालयको नयाँ भवनको झ्यालको सीसा समेत आन्दोलनकारीले फुटाएका छन् ।

आन्दोलनकारीले छाडेनन् दमकल र एम्बुलेन्स पनि
प्रदेश नं. १ को राजधानी माग गर्दै सुरु भएको आन्दोलन तीव्र बनेको छ । यसैक्रममा प्रदर्शनकारी हिंसात्मक बन्दै गएका छन् ।

आन्दोलनकारीले लगाएको आगो निभाउन हिडेको धनकुटा नगरपालिकाको दमकल पनि आन्दोलनकारीको निसानामा परेको छ । आन्दोलनकारीले सो दमकल पनि तोडफोड गरेका छन् ।

त्यसैगरी आन्दोलनकारीले एम्बुलेन्स पनि तोडफोड गरेका छन् । आन्दोलनाकारीले दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...