डोटीमा अनिश्चितकालीन बन्द घोषणा, प्रदेश मुकामको निर्णय सच्चाउँन माग

Doti

डोटी । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नं.७ को अस्थायी राजधानी कैलाली तोकेसँगै डोटीमा अनिश्चितकालीन बन्द घोषणा गरिएको छ ।

वर्षौंदेखि राजधानी कायम रहँदै आएको दिपायलको अधिकार खोसिएको भन्दै डोटीमा बसेको सर्वपक्षिय बैठकले अनिश्चितकालिन बन्द आह्वान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशको केन्द्र तोक्नेबारेमा गरेको निर्णय नसच्चाउँदासम्म आन्दोलन जारी रहने जनाइएको छ ।

प्रदेश नं. ७ का पहाडी ७ वटा जिल्लाहरु जोड्ने एउटा मात्रै राजमार्ग भीमदत्त राजमार्गको बुडर क्षेत्रमै गएर यातायात ठप्प पार्ने संघर्ष समितिको संयोजक सँस्था डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।

राणाकालिन डोटी गौणाको मूख्य प्रशासनिक केन्द्र हुँदै साविक सुदूरपश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम दिपायल रहेको र हाल प्रदेश नं. ७ मा पनि साविककै भूगोल कायम रहेकाले फेरि पनि राजधानी दिपायलमै कायम हुनुपर्ने भन्दै डोटीमा गत पुष १२ गतेबाट आन्दोलन जारि रहेको छ ।

सरकारले दिपायल राजधानीबारे बर्षौंदेखिको प्राप्त अधिकार खोसेकाले अब जस्तोसुकै परिस्थितीको सिर्जना हुनसक्ने होटल व्यवसायी संघ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले बताए । यस अघि पनि पुष १९ गतेदेखि २४ गतेसम्म डोटीमा आम हड्ताल घोषणा गरिएको थियो ।

सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमूख तोक्नमा ढिलाई गरेका कारण आन्दोलनको स्वरुप परिवर्तन गरिएको थियो ।

तर सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेका बेला बुधबार बिहानैबाट डोटी बन्द आह्वान गरेपछि जनजीवन प्रभावित बनेको थियो । अब अनिश्चितकालिन डोटी बन्द भएपछि यस क्षेत्रको जनजीवन थप कष्टकर बन्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...