धनकुटावासी र प्रहरीबीच झडप ३ जना घाइते 

क्षेत्रिय प्रशासन कार्यालयमा आगजनी 

Dhankura

धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना  भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।

प्रादेशिक राजधानी विराटनगर तोकेको बिरोधमा धनकुटाको क्षेत्रिय प्रशासन कार्यालयमा आगो लगाई तोडफोड गरिएको हो ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी माग गर्दै आन्दोलनकारी क्षेत्रीय प्रशासन कार्यालयमा आगो लागाइ तोडफोड गरेका हुन ।

कार्यालयमा भएका कम्प्युटर, एसि, झ्यालको सिसा लगायतका सामाग्री क्षेतविक्षत रहेको सुरक्षमा खटिएका सुरक्षकर्मीले बताए । आगो भने अहिले नियन्त्रणमा लिईसकेको हुनाले थप क्षति हुनबाट जोगिएको बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...