धनकुटामा शंख बजाउँदै देउवाको पुल्ता दहन

Putla dahan

धनकुटा । सरकारले १ नं. प्रदेशको अस्थायी मुकाम विराटनगरलाई तोकेपछि धनकुटामा आन्दोलन चर्किएको छ ।

सरकारले विराटनगरलाई अस्थायी मुकाम तोकेलगत्तै धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ ।

सरकारप्रति निक्कै आक्रोसित धनकुटेलीले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका छन् ।

उनीहरुले धनकुटछाको जिरो प्वाइन्टमा शंख बजाउँदै देउवाको पुल्ता दहन गरेका हुन् । सरकारले धनकुटालाई उपेक्षा गरेको भन्दै आन्दोलनकारीले बिहीबारदेखि धनकुटामा आन्दोलन थप सशक्त बनाउने बताएका छन् ।

प्रतिकृया दिनुहोस