क्षेत्रीय प्रशासनमा ताला लगाउने सांसद, खोल्ने प्रहरी

Dkt 3

धनकुटा । बुधबार क्षेत्रीय प्रशाषन कार्यालय धनकुटामा विहान १० बजे आन्दोलनकारीले ताला लगाए । त्यसको अगुवाई प्रदेशसभा सांसद निरन राई र इन्द्रमणी पराजुलीले गरेका थिए ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी माग गर्दै आन्दोलनकारी क्षेत्रीय प्रशाषन कार्यालयमा ताला लगाउन पुगेका थिए । ताला लगाउने क्रममा केहीबेर झडप पनि भएको थियो ।

ताला लगाउनुअघि कार्यालयभित्र रहेका उपप्रशाषक सेवन्त दाहाललाई बाहिर निकालिएको थियो । त्यही बेला सामान्य झडप भयो । झ्यालका सीसा फुटे । तर, आन्दोलनकारी फर्किएपछि ताला फुटाउने सोचमा रहेका प्रहरीले आन्दोलनकारीको भीड कम भएको मौका छोपेर ताला फुटाएका छन् ।

प्रहरीले ताला फुटाउने बेला आन्दोलनकारीसँग केहीबेर झडप पनि भएको छ । ताला फुटाएपछि गेट बाहिर प्रदशर्नकारीले धर्ना दिएका थिए भने कार्यालयभित्र भने कामकाज सुचारु थियो । झण्डै १७ दिनदेखि कार्यालयमा नबसेका क्षेत्रीय प्रशाषक राजेश्वरमान सिंहको निर्देशनमा ताला फुटाइएको प्रदशर्नकारीले आरोप लगाएका छन् ।

प्रदेश सांसद इन्द्रमणी पराजुलीले दलाल र माफियाहरुको दलदलमा सरकार नफसी मापदण्ड अनुरुप रहेको धनकुटालाई प्रदेशको राजधानी बनाउन सरकारकासँग आग्रह गरे ।

केके भयो दिनभर ?
धनकुटालाई प्रदशेको राजधानी बनाउन दिनभर प्रदर्शन भयो । प्रदशर्नकारीले टाउकोमा ‘धनकुटा राजधानी बनाउँ अभियान’ लेखिएको सेतो पट्टी बाँधेर धर्ना दिए ।

त्यसैगरी आन्दोलनकारीले धर्नापछि मदन चौकमा पुगेर कोणसभा पनि गर्न भ्याएका छन् । उनीहरुले कोणसभा गरेर धनकुटालाई प्रदेशको राजधानी बनाउन धनकुटेली जनताले जस्तोसुकै मुल्य चुकाउन तयार रहेको चेतावनी पनि दिए ।

पूर्वाञ्चलका राजा राजाका रुपमा रहेका क्षेत्रीय प्रशासकले धनकुटाको बारेमा दिएको गलत प्रतिवेदनका आधारमा सरकारले धनकुटालाई प्रदेश राजधानी नबनाउने खेल भइरहेको भन्दै आन्दोलनकारीले क्षेत्रीय प्रशाषक सिंहविरुद्ध पनि नारावाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...