आज ३३औं दिन प्रादेशिक राजधानी माग गर्दै धनकुटामा आन्दोलन जारी
धनकुटा । आज ३३औं दिनमा पनि प्रादेशिक राजधानिको माग गर्दै धनकुटामा लडाईको आन्दोलन जारि रहेको छ धनकुटामा अनिश्चितकालिन आमहडताल गरिएको छ ।
सरकारले धनकुटालाई प्रदेश नं.१ को राजधानी नतोकेपछि धनकुटाका जनताले आन्दोलनलाई श–शक्त पार्ने उद्धेश्यले पुनः अनिश्चितकालिन बन्द गर्ने भएका हुन् ।
मंगलबार क्षेत्रीय प्रशासन घेराउ र धर्ना दिएको आन्दोलनकारीहरुले बुधबार देखि अनिश्चित कालिन आम हडताल गरेरे सरकारका ध्यान केन्द्रित गर्न खोजिएको हो ।
आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु क्षेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैंठकले बुधबार जिल्लाका कलकारखाना,यातायात,शैक्षिक संस्था, सरकारी तथा निजि कार्यालयहरु समेतको बजार बन्दको ठप्प बनाउने निर्णय बमोजिम बन्द गरिएको छ ।
आम हडताल बिहान ७ बजे देखि ५ बजे सम्म रहने समतिले जानकारी दिएको छ ।
बन्दका कारण कोशी राजमार्ग हुदै धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै खाँदबारि जाने यातायात समेत बन्द रहेकोले जनजिवन कष्ठकर बन्दै गएको छ ।
बाटोमा आम हडताललाई सफल बनाउनकालागि मोटराईकल समेत चल्न नदिएता पनि स्वास्थ्य संस्था,एम्बुलेन्स,सब्जी तथा दुधको गाडी,कुटनितिक नियोगका सवारी,सुरक्षा निकाय र सन्चार माध्यमका सवारीहरु भने निर्वाद रुपमा चल्न दिएको आन्दोलन परिचालनका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।
बैठकले प्रदेश सभा क र क का सभासद् द्वय निरन राई,ईन्द्रमणी पराजुली,समानुपातिक सभासद् साबित्रा राई, दलका नेताहरुमा नेकपा माओवादी केन्द्रका सन्देश बिहानी,नेपाली कांग्रेसका दिनेश राई,संघिय समाजवादी फोरमका सरोज राईलाई आम हडतालको विभिन्न स्थानको जिम्मा दिए बमोजिम आफुहरुले जिम्मेवारि निभाएको परिचालन समितिका संमयोजक श्रेष्ठले बताए ।
त्यस्तै बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठ,उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष तारा तितुङ्ग लगाएतले आम हड्तालको नेतृत्व गर्ने जिम्मा दिए अनुरुप जिम्मेवारि बहन गरेको सूचना अधिकारी नगेन्द्र राईले जानकारी दिए ।
सरकारले मंगलबार प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने निणर्यको तयारी गरिरहेको भन्ने सुचना बाहिर आएतापनि मंगलबार निणर्य गर्न नसकी पुन मिति सारएिको हुनाले यसन्दर्भलाई मध्य नजर गर्दै सरकारलाई दबाब दिने उदेश्यले क्षेत्रिय प्रशासन घेराउ गरि ताला लगााउनुका साथै अनिश्चितकालिन बन्दका गरिएको आन्दोलन परिचालन समिति संयोजकश्रेष्ठले जानकारी दिए ।
मंगलबार बसेको आन्दोलन समितिको बैठकको निणर्य अनुरुप आज देखि आमहड्ताल गरिनुका साथै उद्योग धन्दा, कलकारखाना, सरकारी तथा निजि कार्यालयहरुका साथै यातायातहरु पनि बन्द गरिएको छ ।
गएको ३३ दिन देखि धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने अभियानका क्रममा धनकुटाबासीले मंगलबार क्षेत्रीय प्रशासन कार्यालयमा घेराउ गरी धर्ना दिएका थिए ।
राजधानीको माग सहितको ¥यालि धनकुटाको मदन चौक देखि भिमनारायण चौक हुदै क्षेत्रीय प्रशासन अगाडि क्षेत्रिय प्रशासक बिरुद्ध नाराबाजिसहितको जुलुस कोण सभामा परिणत भई दुई घण्टा नाराबाजि गर्दै घेराउ गरिनुका साथै धनकुटालाई राजधानि नतोके सम्म आन्दोलन फरक फरक तरिकाले अगाडि बढिरहने आन्दोलन परिचालन समितिका सदस्य तारा तितुङ्गले बताइन । सरकारले प्रदेशहरुको अस्थाई राजधानी अन्यत्र तोक्ने तयारी गरिरहंदा धनकुटाबासीहरु आन्दोलनमा उत्रिरहेका छन् ।
प्रतिकृया दिनुहोस