थापाको स्वास्थ्यमा सुधार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय सदस्य कुमारबहादुर थापाको स्वास्थ्यमा सुधार आएको छ ।
थापाआइतवार काठमाडौंको सुकेधारामा सवारी दुर्घटनामा परेका थिए । उनको ओम अस्पताल चावहिलमा उपचार भरहेको छ । हाल उनको स्वास्थ्यमा सुधार आएको उनकी श्रीमति उषा थापाले जानकारी दिइन् ।
उनलाई हिडिरहेका उनी दुर्घटनामा परेका थिए । अहिलेसम्म केले ठक्कर दियो भन्ने खुलेको छैन । उनलाई सडकमा ढलेको अवस्थामा स्थानीयले ओम अस्पतालसम्म ल्याएका थिए ।
थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटाका अध्यक्षसमेत हुन् । उनी हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवार बनेका थिए ।
प्रतिकृया दिनुहोस