प्रदेश राजधानी माग्दै ३२ दिनदेखि धनकुटामा आन्दोलन जारी

Dkt 2 magh

धनकुटा । प्रदेशको राजधानी माग्दी धनकुटामा ३२ दिनदेखि आन्दोलन जारी छ । आन्दोलनका क्रममा आयोजकहरुले झण्डै एक हप्तासम्म आम हड्तालसमेत गरेका थिए ।

यसैक्रममा मंगलबार पनि धनकुटामा वृहत प्रदर्शन भएको छ । प्रदर्शनकारीले क्षेत्रीय प्रशाषन कार्यालय पुगेर केहीबेर धर्ना समेत दिएका छन् ।

क्षेत्रीय प्रशाषन कार्यालयमा धर्ना दिनुअघि प्रदर्शनकारीले जुलुस निकालेका थिए । धनकुटाको मदनचोकबाट सुरु भएको सो जुलुस क्षेत्रीय प्रशाषन कार्यालयमा पुगेर धर्ना दिएको थियो ।

सो जुलुसको प्रतिनिधिसभाका सांसदमा राजेन्द्र राई, प्रदेशसभाका सांसद निरन राई र इन्द्रमणी पराजुलीको नेतृत्वमा गएको जुलुसले क्षेत्रीय प्रशाषन कार्यालय घेराउ गर्दै धनकुटालाई महान सहिदहरुको जिल्ला, पहिचान, सामाजिक महत्व, ऐतिहासिकता बोकेको धनकुटा, प्राकृतिक स्रोत र साधनले भरिपूर्ण, हावापानी अनुकुल सुन्दरताको खानी रहेको धनकुटालाई जसरी पनि प्रदेशको राजधानी बनाउनुपर्ने माग गरेको छ ।

सो धर्ना कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक टंक चौहान, धनकुटा नगरपालिकाकी उपमेयर सुकन्तला बस्नेत, चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, उद्योग बाणिज्य संघकी उपाध्यक्ष मनकुमारी तितुङ, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई लगायतले धनकुटालाई प्रदेशको राजधानी नबनाइए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

प्रदशेको राजधानी माग्दै बुधबार कालोपट्टी बाँधेर प्रदर्शन गरिने आन्दोलन संमन्वय समितिका संयोजक सुन्दर श्रेष्ठले बताए ।

यसैगरी बुधबार विहान काठमाडौंमा पनि आन्दोलन गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान साँढे ८ बजेदेखि धर्ना दिइने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...