सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता संचालन

Sil medal

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा यही माघ २ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता २०७४’ संचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा माघ ६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा फुटबल तथा भलिबल खेल हुने भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझाले हल्चोक स्थित सशस्त्र प्रहरी बलको रंगशालामा आयोजित एक समारोहका वीच भलिबलका राष्ट्रिय रेफ्री विजय के.सी. तथा फुटबलका राष्ट्रिय रेफ्री सहदेव श्रेष्ठलाई बल हस्तान्तरण गरी प्रतियोगितको शुभारम्भ गरेका छन् ।

प्रतियोगितामा काठमाडौँ उपत्यकास्थित महानगरीय सशस्त्र प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको ५ वटा बाहिनी गरी कूल ६ वटा टिम रहेको छ । प्रतियोगिताका खेलहरु लिगकम नकआउटको आधारमा खेलाइने छ ।
प्रतियोगिताको आज सम्पन्न भएको खेलहरुमा भलिबलतर्फ पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी टिम विजयी भएको छ ।

सो टिमले सशस्त्र प्रहरी बल नेपाल महानगरीय सशस्त्र प्रहरी कार्यालय टिमलाई २५–१८, २५–१२ र २५–१२ को सोझो सेटले पराजीत गरेको थियो । यसैगरी आजै सम्पन्न भएको फुटबल खेलमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी टिमले सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बैद्यनाथ बाहिनी टिमलाई शुन्यको विरुद्ध दुई गोलले पराजीत गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले २०६१ सालमा एपीएफ क्लवको स्थापना गरी खेलकुद गतिविधि सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा फूटबल, भलिबल, एथलेटिक्स, लनटेनिस, व्याडमिन्टन लगायत विभिन्न विद्याका खेलहरुमा सहभागीता जनाई राष्ट्रिय प्रतियोगितामा र्२ हजार ८१ तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एक सय गरी कूल भन्दा २ हजार १ सय ८१ पदक हासिल गर्न सफल भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल, सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरु र नेपाल भलिबल संघ तथा एन्फाका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बलका खेलाडीहरुको उपस्थिती रहेको थियो ।


(

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...