धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरिय औधोगिक प्रर्दशनी तथा व्यापार भेलाका लागि बैठक सम्पन्न
धनकुटा । धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरिय औधोगिक प्रर्दशनी तथा ब्यापार भेलाका लागि सोमबार बैठक सम्पन्न भएको छ ।
धनकुटामा धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनीका साथै व्यापार भेलामाघ २९ गतेबाट शुरु हुने शोमबार बसेको बैठकले निर्णय गरेको छ ।
धनकुटामा पर्यटन तथा व्यापार प्रवद्धन गर्ने उदेश्यले आगामी माघ २९ देखि फागुन १० सम्म धनकुटाको टुढिखेलमा धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनी तथा व्यापार भेला गर्ने निणर्य भएको हो छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा सम्पन्न सो बैठकमा धनकुटा महोत्सव तथाप्रदेश नम्वर १ स्तरिय औधोगिक प्रदर्शनिका साथै ब्यापार भेलामाघ २९ बाटगर्ने निर्णय भई महोत्सवका लागि आवश्यक समितिको चयनगरि जिम्मेवारि समेत बाँडफाड गरिसकेको प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषि राईले बताए ।
भेलालाई भव्यतथा सभ्य रुपमा सम्पन्न गराउनको लागि धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेको संयोजकत्वमा १ सय १ जनाको मुलआयोजक समिति र अन्य विभिन्न १४ वटा समितिहरु गठन गरिएको छ ।
सोमबार गठन गरिएको १४ वटै समितिले तीब्र रुपमा आआफ्नो जिम्मेवारिका साथकाम शुरु गर्ने पनि प्रचार प्रसार समितिका संयोजक राईले बताए ।
उद्योग वाणिज्य संघ धनकुटाको सहआयोजना माहुनलागेको व्यापार भेलाका लागि घरेलु तथा सानाउद्योग महासंघ धनकुटालगाएत विभिन्न संघसंस्था तथा स्थानिय निकायहरुको सहयोग रहने र सफलता पुर्र्वक सम्पन्न गराउने उक्त बैठकको निणर्य भएको उद्योग वाणिज्य संघ धनकुटाका सदस्य सचिव जयन्द्र प्रधानले बताए ।
नवगठित समितिहरुमा अनुगमन तथा मुल्यांकन समिति संयोजक ठेगनाथ घिमिरे, सन्तोष ताममाङ्गको संयोजकत्वमा समन्वय समिति , प्रायोजन व्यावस्थापन समितिको संयोजकत्वमा सिताराम श्रेष्ठ, अतिथि सत्कार, स्वागत, मन्चवयावस्थापनमातारा तितुङ्ग, सर्मिला राई, कुसुम राना, दुर्गा अधिकारी, बिष्णुमाया कन्दग्वालगायतका व्याक्तित्वहरुलाई संयोजक बनाईएको छ ।
बाल उधान तथा स्टल समितिका साथै आर्थिक समितिको संयोजकमा रोशन श्रेष्ठ र राम तामाङ्गलाई संयोजक बनाईनुका साथै साउण्ड सिस्टमको व्यावस्थापनको संयोजकमा समेत तामाङ्गलाई जिम्मेवारि दिईएको छ ।
प्रदर्शनि सामाग्री व्यावस्थापन समितिको संयोजकमा शैलेसमान श्रेष्ठ ,प्रचार प्रसार समितिको संयोजकमा विजयि सन्तोषि राई , विकास घिमिरेको संजकत्वमा कलाकार व्यावस्थापन ,स्वयमसेवक तथा टिकटव्यावस्थापन रुपेश श्रेष्ठ र दिनेश राई संयोजक, सरसफाई तथा खानेपानिव्यावस्थापन समितिको संयोजकत्वमा खगेन्द्र बिष्ट रहनु भएको १४ वटाविभिन्न समितिहरु गठन गरेको महोत्सव प्रचार प्रसार समितिका संयोजक राईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस