सरकारले आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने
काठमाडौं । सरकारले आज सात वटै प्रदेशमा प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ ।
गत विहीबार नै सरकार प्रमुख र अस्थायी केन्द्र तोकिने बताइएको भए पनि राजनीति वृत्तमा सहमति बन्न नसक्दा सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्न सकेको छैन ।
अस्थायी केन्द्र र प्रदेश प्रमुख तोक्न नसक्दा चोतर्फी आलोचना खेपेको सरकारले मंगलबार भने सरकार प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । यसअघि सरकारका केही मन्त्रीहरुले काठमाडौंमै सातै प्रदेशका सांसदलाई सपथ गराउने बताएका थिए ।
तर, त्यसको तीव्र आलोचना भएपछि सरकारले मंगलबार भने सातै प्रदेशका अस्थायी प्रदेश तोक्ने तयारी गरेको हो । त्यसका लागि राजनिितक सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले राजनिितक भेटलाई तीव्र बनाएका छन् ।
सात वटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका शीर्ष नेताहरुसँगको भेटपछि आजै मन्त्रीपरिषदको बैठक बोलाएका छन् । दिउँसो ४ बजे बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने छ ।
सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।
प्रतिकृया दिनुहोस