सृजनशील युवा क्लवद्धारा कैदीलाई खेल सामाग्री वितरण

Acham karagar

अछाम । जिल्ला कारागार अछामका कैदी बन्दीलाई श्रृजनशील युवा क्लवले खेलकुल र मनोरञ्जनका सामाग्री वितरण गरेको छ ।

सो क्लवको पहलमा कारागारमा रहेका कैदी बन्दीहरुलाई २ भलिवल, ४ सेट लुडो, १व्याडविण्टन र १ सेट चेस वितरण गरिएको क्वलका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले सरकारले कैदी बन्दीहरुलाई कारागारमा सजाय दिने गृहको रुपमा नभई सुधार गृहको विकास गर्दै लैजाने लक्ष्य लिएको बताए । उनले कारागारमा रहेका कैदी बन्दीहरुलाई सीपमूलक तालिमको समेत व्यवस्था गर्न नगरपालिका र धरेलु विकाससँग समन्वय गरिरहेको बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ अछामका कोषाध्यक्ष टेकबहादुर थापा, जिल्ला अनुसन्धान कार्यलयका प्रमुख लोकराज जोशी लगायतले कारागारका बस्दैमा हिनतावोध लिन नहुने बताएका थिए ।

कार्यक्रममा क्लबका उपाध्यक्ष सुशील भण्डारीको स्वागत र सचिव भवानी भण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...