नेपालीको समस्या समाधान गर्न दूतावास तयार : राजदूत सुन्दास
काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपालीको समस्या समाधान गर्न दूतावास सदैव तत्पर रहेको बताएका छन ।
नेपाली दूतावास बहराईनले शुक्रवार इन्दे्रणी होटल, दुर्रा बहराईनमा आयोजना गरेको ‘बहराईनमा कार्यरत नेपालीको अवस्था र समस्या’ विषयक गोष्ठीमा दूतावास नेपालीको हित र प्रर्वधन गर्न प्रतिबद्ध रहेको बहराईन, मनामास्थित दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाली दूतावास बहराईनले शुक्रवार इन्दे्रणाी होटल, दुर्रा बहराईनमा आयोजना गरेको ‘बहराईनमा कार्यरत नेपालीको अवस्था र समस्या’ विषयक गोष्ठिमा दूतावास नेपालीको हित र प्रर्वधन गर्न प्रतिबद्ध रहेको बहराईन, मनामास्थित दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राजदूत सुन्दासले स्थानीय कानून र संस्कृतिको सम्मान गर्दै व्यवसायिकताका साथ काम गर्न सम्पूर्ण सहभागिहरूमा आह्वान समेत गरे । सोही अवसरमा नेपाली समुदायका लागि दूतावासबाट प्रदान गरिने सेवाहरू, सेवा प्राप्त गर्ने प्रक्रिया, स्थानीय श्रम कानूनको विविध पक्षहरूको जानकारी गराइएको थियो ।
नियोग उपप्रमुख खगराज पाण्डेले कार्यक्रममा सहभागिहरूलाई आर्जन गरिएको पारिश्रमिकको सही सदुपयोग गर्न र नेपाल एवं नेपालीको हित संरक्षण तथा प्रवद्र्धन गर्ने विषयमा विशेष जोड दिए । श्रम सहचारी जगदिश चन्द्र शिवाकोटी र दूतावासका तृतीय सचिव अमृत लोप्चनले बहराइनमा रहका नेपालीको सुरक्षा व्यवस्था बारे प्रस्ट पारेका थिए ।
प्रतिकृया दिनुहोस