उपप्रधानमन्त्री गच्छदार भन्छन्, बिहीबार प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिन्छ

Bijaya kumar gachhedar

विराटनगर । अस्थायी राजधानी नतोकिँदा कडा आलोचना खेप्दै आएको सरकारले आगामी विहीबार सबै प्रदेशमा प्रमुख तोक्ने भएको छ ।

उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताएका छन् ।

हालसम्म सरकारले सबै प्रदेशमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्न सकेको छैन । प्रदेश केन्द्र र प्रदेश प्रमुख नतोक्दा निर्वाचन अयोगले समेत निर्वाचन परिणाम वुझाउन नसकेको गुनासो गर्दै आएको छ ।

आइतवार विराटनगर आइपुगेका उपप्रिधानमन्त्री गच्छदारले राष्ट्रिय पार्टीहरुबीच न्यूनतम सहमति गरेर मात्रै प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोकिने बताए । ‘दलहरुबीच सहमति भन्नु नै भागभण्डा हो, योग्य र राम्रो व्यक्तित्व भएका व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरिनेछ’ उनले भने, ‘त्यसका लागि सबै दलसँग न्यूनतम सहमतिको खोजी भइरहेको छ ।’

दलहरुबीच सहमति कायम हुन नसकेमा वर्तमान सरकारले विधिसम्मत रुपमा प्रदेश प्रमुख तोक्ने उनले बताए । उनले भने, ‘विधिसंगत ढंगले नियुक्त गरिने प्रदेश प्रमुखलाई पूर्वग्राही ढङ्गबाट अब बन्ने सरकारले हटाउन सक्दैन ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...