तिब्र शहरिकरणले भक्तपुरको औद्योगिक क्षेत्र धरासायी बन्दै

Bht

भक्तपुर । तिब्र शहरी विकाससँगै भक्तपुरका उद्योगधन्दाहरु धरासायी बन्दै गइरहेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

रफत सञ्चार क्ल्बमा आइतबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको बिस्तार र ब्यवसायको पाटो पहिचान गरि शहर विस्तार गर्न नसक्दा उद्योगव ब्यवास धारासायी बन्दै गएको बताए ।

उनले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आएपनि सरकार र स्थानीय सरकाले लागनीमैत्री वातारण निमार्ण गर्न नसक्नु र सामान्य पूर्वाधारको तयार गर्न नसक्नुनै भक्तपुरको उद्योग फष्टाउन नसकको बताए । 

कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकिय विकासका लागी सरकार समेत उदासीन रहेको बताए । यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिदैं मानन्धरले औद्योगिक विकासका लागी थप औद्योगिक क्षेत्रको स्थापना गरिनुपर्ने जोड दिए ।

त्यस्तै कार्यक्रमा उद्योगी व्यवसायी तथा नव उद्योग वाणिज्य महासंघ भक्तपुरका अध्यक्ष राम प्रसाद प्रजातपतिले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागी सक्दो पहल गरे भक्तपुर विभिन्न बिद्याको उपयुक्त उद्योगका रुपमा विकास गर्न सक्ने बताए ।

कार्यक्रममा भक्तपुरका विभिन्न उद्योगी व्यवसायीहरुले भक्तपुरको साना तथा घरेलु उद्योगका साथै अन्र्य सम्भावित उत्पादनको पहिचान गरि उद्योगका रुपमा विकास गर्न सके भक्तपुरको समग्र विसका गर्न सकिने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...