१६ वर्षपछि बन्न थाल्यो साँफेबगर बिमानस्थल

११ करोड ५० लाखमा सम्पन्न गर्ने जिम्मा पायाे अमर कन्ट्रक्सनले

Shafebagar airport

अछाम । झण्डै १६ वर्षदेखि अवरुद्ध बनेको साँफेवगर विमानस्थल मर्मत सुरु भएको छ ।

४ फागुन २०५८ मा तत्कालीन विद्रोही नेकपा माओवादीले ध्वस्त पारेको अछामको साँफेबगरमा रहेको साँफेबगर बिमानस्थलको मर्मतको कामले बल्ल तीव्रता पाएको छ । २ दशकदेखि जिल्लाको एक मात्र सो विमानस्थल गौचरण र घाँसे मैदान बनेको थियो ।

करीब ११ करोड ५० लाखमा काम सम्पन्न गर्ने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ । सो कन्ट्रक्सले १७ महिनाभित्र सम्पन्न गरिसक्ने जिम्मा पाए पनि एक वर्षभित्र काम सम्पन्न गर्नेगरी काम थालिएको अमर कन्ट्रक्सनका अध्यक्ष भद्रबहादुर शाहीले बताए ।

तत्कालीन विद्रोही माओवादी र नेपाली सेनाबीच भएको दोहोरो भीडन्त हुँदा माओवादीले विमानस्थलको टावर ध्वस्त बनाइदिएको थियो । त्यसयता सो विमानस्थल बन्द छ ।

लामो समयसम्म पनि सो विमानस्थल नवन्दा अछाम लगायतका केही जिल्लाका साथै अन्य जिल्लाका जनता पीडित बनेका थिए । अहिले नालीको काम सकेर बेस बिछ्याउने काम भइरहेकोे छ । योसँगै स्थानीयमा खुसी छाएको छ ।

लामो समयदेखि अवरुद्ध बनेको अछाम जिल्लाको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर विमानस्थल सञ्चालन भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने स्थानीयको आस छ ।

विमानस्थल सञ्चालनमा आएपछि बाह्य तथा आन्तरीक पर्यटकहरु भित्र्याउन सकिने विश्वास छ । अछामको पर्यटकीय क्षेत्र रामारोशन, नेपालकै चार धाम मध्येको एकधाम बैधनाथ धाम र खप्तड जस्ता पर्यटकीय क्षेत्रमा पर्यटकहरुको आगमन बढ्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...