कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु : नेता लामा

Neata lama

काठमाडौँ । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताए ।

अखिल क्रान्तिकारी हुम्ला–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले सडकको सुविधा नभएकाले सिमीकोट कर्णाली करिडोर सडकखण्ड निर्माण पूरा भएपछि त्यहाँको विकास र समृद्धि हुने बताए ।

प्रदेश ख बाट स्वतन्त्ररूपमा निर्वाचित नेता लामाले पिछडिएको हिमाली जिल्लाका रुपमा परिचित हुम्लाको मार्ग भएर कैलाश र मानसरोवर जान सकिने भएकाले बाटोघाटोको विकास भएपछि स्थानीय क्षेत्रमा पर्यटन विकासमा टोवा पुग्ने जानकारी गराए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...