जग्गाको नापी गरी लालपूर्जा दिन आतुर छौं : धामी

Dhmai

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नरबहादुर धामीले वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गाको नापी गरी स्थानीय जनतालाई लालपूर्जा दिन आतुर रहेको बताएका छन् । 

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा विजयपछि मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले मन्त्रिमण्डल गठनपछि जग्गा समस्या समाधान गर्नका लागि केन्द्रीयस्तरको आयोग गठन गरिने र बसेकै ठाउँमा जग्गा नापी गरी लालपूर्जा उपलब्ध गराइने वचन दिए । 

दुई वर्षभित्रै राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अद्यावधिक गरेर भूमिसँग सम्बन्धित समस्या समाधान गरिने उनले बताए । “भूउपयोग नीति, योजना एवं कानूनका आधारमा भूमिको वर्गीकरण तथा उपभोग गरिने छ, भूमि अतिक्रमण गर्न नपाइने व्यवस्था लागू गरिनेछ”, उनले भने । 

नवनिर्वाचित प्रदेशसभा सदस्य लालबहादुर खड्काले कृषिमा आधारित योजना सञ्चालन गरी बेरोजगारीको समस्या समाधान तथा नदीले गर्दै आएको भूक्षय रोकावट, नदीनालामा पुलपुलेसा, सडक निर्माण र स्तरोन्नति, शैक्षिक क्षेत्रको विकास, खानेपानी र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने बताए । 

स्थानीय बासिन्दाले सांसदलाई नदी नियन्त्रणका लागि तटबन्ध, सनबोरा नदीमा पक्की पुल, खानेपानी र सडकको स्तरोन्नतकिा लागि योजना अघि सार्नुपर्ने सुझाव दिएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...