लमजुङमा छ राजनीतिक दललाई शून्य मत

Mt

लमजुङ । लमजुङबाट छवटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन् ।

मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक र एकल चिह्न सिपाही लिएका पार्टीले शून्य मत प्राप्त गरेका हुन् ।

यसैगरी, प्रदेशसभा ‘ख’ तर्फ देशभक्त जनगणतान्त्रिक मोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शून्य मत प्राप्त गरेका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ दुवैमा मत पाएको छैन । प्रदेशसभा ‘क’ तर्फ भने शून्य मत पाउने दल नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दल रहेकामा एक मत पाउने सात दल, दुई मत पाउने छ दल र सोबाहेक १० भन्दा कम पाउने ९ दल रहेका छन् । यस्तै प्रदेशसभा ‘क’ तर्फ १० भन्दा कम मत पाउने छ दल रहेका छन् भने प्रदेशसभा ‘ख’ तर्फ शून्यबाहेक १० भन्दा कम मत पाउने चार दल रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ २० दल रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...