झापामा समानुपातिकतर्फ प्रत्यक्षमा ८.१० र प्रदेशमा १२.३० प्रतिशत मत बदर
निशान न्युज
Mangsir 28, 2074
भद्रपुर । मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ हजार ९८६ मत खसेकामा पाँच हजार ५०३ मत बदर , निर्वाचन क्षेत्र नं २ मा ८४ हजार ६४९ मत खसेकामा पाँच हजार १९मत बदर, निर्वाचन क्षेत्र नं ३ मा ८३ हजार ९३ मत खसेकामा आठ हजार १२५मत बदर, निर्वाचन क्षेत्र नं ४ मा ७७ हजार २१५ मत खसेकामा छ हजार १२५ मत बदर र निर्वाचन क्षेत्र नं ५ मा ९६ हजार मत खसेकामा छ हजार ४८० मत बदर भएको थियो ।
त्यस्तै प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ को ‘क’ मा समानुपातिकतर्फ ४५ हजार ३५८ मत खसेकामा चार हजार ५५५ र ‘ख’मा ३० हजार ६२८ मत खसेकामा तीन हजार ३३२ मत बदर , निर्वाचन क्षेत्र नं २ को ‘क’ मा ३६ हजार ६३६ मत खसेकामा तीन हजार १७४ र ‘ख’ मा ४८ हजार १३ मत खसेकामा चार हजार ५७५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी प्रेम न्यौपानेले बताए ।
यसैगरी, निर्वाचन क्षेत्र नं ३ को ‘क’ मा ४२ हजार २३९ मत खसेकामा हजार २०३ र ‘ख’ मा ४० हजार ८५४ मत खसेकामा पाँच हजार ३११ मत बदर, निर्वाचन क्षेत्र नं ४ को ‘क’ मा ३३ हजार ५७ मत खसेकामा तीन हजार ८७४ र ‘ख’ मा ४४ हजार १५८ मत खसेकामा पाँच हजार १४४ मत बदर भएको थियो भने निर्वाचन क्षेत्र नं ५ को ‘क’ मा ४७ हजार ४१३ मत खसेकामा पाँच हजार ५२४ मत र ‘ख’ मा ४८ हजार ६३१ मत खसेकामा तीन हजार ९८३ मत बदर भएको कर्मचारी न्यौपानेले जानकारी दिए ।
प्राप्त जानकारीअनुसार प्रतिनिधिसभाको समानुपातिक तथा प्रदेशसभाको समानुपातिकमा कूल चार लाख १६ हजार ९८७ (७१.२६ प्रतिशत) मत खसे पनि प्रतिनिधिसभातर्फ समानुपातिकमा ३१ हजार २५२ र प्रदेशसभातर्फ समानुपातिकमा ४५ हजार ६७५ मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी नभएको सम्बद्ध पदाधिकारीको भनाइ छ
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
साताको लोकपृय
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस