जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए : अध्यक्ष दाहाल

Parchanda 25

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताए ।

उनले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले ५ वर्षमा धेरै काम गर्नुपर्ने बताए ।

उनले अब देश समृद्धितर्फ अघि बढेको बताए । वाम सरकारले ५ वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने अध्यक्ष दाहालको भनाइ थियो । उनले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताए ।

सरकार गठन अघिनै नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकताको पहल हुने दाहालले बताए । आफू काठमाडौँ फर्किएलगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङग्याउने उनले बताए ।

उनले भने, ‘पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ ।’ अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उनको भनाइ थियो ।

ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...