धनकुटामा बाम गठबन्धनका उम्मेदवार विजयी
धनकुटा । एक मात्र प्रतिनिधिसभा रहेको धनकुटामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
धनकुटामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका राजेन्द्र राई अत्याधिक मतसहित विजयी भएका छन् । उनले ३७ हजार ३ सय ३३ मत ल्याएर जित हात पारे ।
उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक) का सुनीलबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । थापाले २६ हजार ८ सय ७४ मत ल्याएका थिए ।
दोस्रो संविधानसभाको निर्वाचनमा थापाले राईलाई ४ सय ५४ मतले पराजित गरेको थिए । तर, त्यसको बदलामा राईले योपटक १० हजार ४ सय ५९ मतको फराकिलो अन्तरले पराजित गरे ।
योसँगै धनकुटा बाम गठबन्धनको कब्जामा गएको छ । यसअघि पहिलो संविधानसभाको निर्वाचनमा पनि धनकुटाको २ निर्वाचन क्षेत्रमा वाम संगठनले जित हात पारको थियो ।
धनकुटाको दुबैवटा प्रदेशसभामा वामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । दुबै उम्मेदवार एमालेका हुन् । धनकुटा प्रदेश नं. क मा एमालेका निरन राई विजयी भएका छन् । उनल २० हजार ८८ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत ल्याए ।
त्यसैगरी धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार ईन्द्रमणी पराजुली बिजयी भएका छन् । उनले २० हजार ६ सय ५२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले ८ हजार २ सय ३१ मत ल्याए ।
प्रतिकृया दिनुहोस