देउवाको जिल्लामा वाम गठबन्धनका उम्मेदवारको जित
डडेलधुरा । देशभर वाम गठबन्धनका उम्मेदवारहरुले जित हात पारिरहेका बेला प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा वाम गठबन्धनले पहिलो जित हात पारको छ ।
प्रदेशसभा क बाट जित हात पार्दै वाम गठबन्धनले जितको खाता खोलेको छ । वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहराले नेपाली कांग्रेसका रघुबर भट्टलाई २ हजार १ सय ६९ मत अन्तरले पराजित गर्दै जिल्लामा पहिलो जित हात पारको हो ।
बोहराले १३ हजार ५ सय ६६ प्राप्त गरे भने कांग्रेसका भट्टले ११ हजार ३ सय ९४ मत पाए । प्रदेश नं. ख मा भने नेपाली कांग्रेसमा उम्मेदवार अग्रस्थानमा छन् भने प्रतिनिधिसभामा देउवा अग्र स्थानमा छन् ।
प्रतिकृया दिनुहोस