धनकुटामा प्रदेशसभामा वाम गठबन्धन विजयी

धनकुटा । धनकुटाको दुबैवटा प्रदेशसभामा वामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । दुबै उम्मेदवार एमालेका हुन् ।

धनकुटा प्रदेश नं. क मा एमालेका निरन राई विजयी भएका छन् । उनल २० हजार ८८ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत ल्याए ।

त्यसैगरी धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार ईन्द्रमणी पराजुली बिजयी भएका छन् । उनले २० हजार ६ सय ५२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले ८ हजार २ सय ३१ मत ल्याए ।

यता प्रतिनिधिसभामा पनि बाम गठबन्धनका राजेन्द्र राई भारी मतानतरका साथ अग्रस्थानमा छन् । उनी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक) का सुनीलबहादुर थापाभन्दा झण्डै ८ हजारको हाराहारीमा अघि छन् ।

राईले ३० हजार १ सय ४७ मत ल्याएका छन् भने थापाले २२ हजार १ सय ४८ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...