ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल विजयी

Nwaraj silwal

ललितपुर । ललितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणालाई पछि पार्दै विजयी भएका हुन् ।

केही समयअघि प्रहरी नायव महानिरीक्षकबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश गरेलगत्तै एमालेले टिकट दिएको थियो ।

२०७० मा ३ वटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले यो पल्ट दुई क्षेत्र गुमाइसकेको छ । नतिजा आउन बाँकी रहेको ललितपुर १ मा पनि नेकपा एमालेका उम्मेदवार तथा पूर्व डिआइजी नवराज सिलवाल अगाडि रहेका छन् ।

यसअघि ललितपुर ३ मा माओवादी नेतृ पम्फा भुषाल विजयी भएकी छन् । उनले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...