पाल्पामा वाम गठबन्धन अगाडी

Bam gathabandhan

पाल्पा । पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ वाम गठबन्धनका उम्मेदवार अग्र स्थानमा रहेका छन् ।

पछिल्लो मत गणनाअनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका दलबहादुर रानाले ९ हजार ७९२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका विजयराज घिमिरेले ३ हजार ७२२ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १ प्रदेश ‘क’ एमालेका युवराज खनालले ६ हजार ४७० मत प्राप्त गरेका छन् भने काँग्रेसका देवराज ढकालले ३ हजार ८८९ मत प्राप्त गरेका छन् ।

प्रदेश ‘ख’ मा एमालेका नारायणप्रसाद आचार्यले ६ हजार २८२ मत प्राप्त गरेका छन्, भने काँग्रेसका दानबहादुर पछाइले २ हजार ५३ मत प्राप्त गरेका छन् ।

यसैगरी, क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमालेका सोमप्रसाद पाण्डेयले १७ हजार ४६९ मत प्राप्त गरेका छन्, भने काँग्रेसका हरिप्रसाद नेपालले १० हजार ४३८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ प्रदेश ‘क’ मा एमालेका पुरन बज्राचार्यले ८ हजार ६५ मत प्राप्त गरेका छन्, भने काँग्रेसका माधव नेपालले ५ हजार २८ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश ‘ख’ मा माओवादी केन्द्रका तुलाराम घर्ती १० हजार ३१५ मतसहित अग्रस्थानमा रहेका छन्, भने काँग्रेसका राम कार्की ६ हजार ३१ मतसहित दोस्रो स्थानमा छन् । शुक्रबार दिउँसो १ बजेदेखि पाल्पा दरबारमा मतगणना शुरु भएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...