काँग्रेसलाई पुनःसंरचना गर्ने गगनको अठोट  

Gagan 5

 

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गरेका छन् ।

काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह गरे । आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाए ।

उनले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौँ बनाउने आफ्नो अठोट स्मरण गरे ।

आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा. राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतलाई उनले समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गरे ।

थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजन भट्टराईलाई ३ हजार ४११ मतको अन्तरले पराजित गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...