चितवन क्षेत्र नं ३ मा दाहालको अग्रता कायमै

Prachanda 3

चितवन । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ ।

सो क्षेत्रमा ८ हजार ८५ मतगणना गर्दा दाहालले ४ हजार ६२७ मत प्राप्त गरेका छन् । उनको प्रतिद्धन्दी विक्रम पाण्डेले २ हजार ८७७ मत प्राप्त गरेका छन् । पाण्डे भन्दा दाहालले १ हजार ७५० मत बढी ल्याएका छन् । सो क्षेत्रमा १ लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।

यसैगरी क्षेत्र नं २ मा ६ हजार ३८८ मतगणना गर्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ९९३ र नेकाका शेषनाथ अधिकारीले १ हजार ९३५ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा १ लाख ८ हजार २१९ मतदाता रहेकोमा ७७ हजार ४७६ मत खसेको थियो ।

क्षेत्र नं १ मा ७ हजार ७७४ मतगणना हुँदा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५३९ र काँग्रेसका राजेन्द्र बुर्लाकोटीले २ हजार ८९४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १ लाख २५ हजार ८२३ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।

जिल्लामा कुल मतदाता सङ्ख्या ३ लाख ५४ हजार ३६ रहेको छ । समग्रमा जिल्लामा ७३ दशमलव ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...