धनकुटामा १ बजेदेखि मतगणना हुने

धनकुटा । धनकुटामा प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना १ बजेदेखि हुने भएको छ ।

शुक्रबार बिहान १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको भए पनि दलहरु आनतरिक तयारीमा जुटेका कारण १ बजेदेखि मात्रै मतगणना शुरु हुने भएको हो । मतगणनामा खटिने दलका प्रतिनिधिलाई गणनासम्बन्धी थप जानकारी गराउन राजनीतिक दलले समय माग गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको बताए । निर्धारित समयमै मतगणना सुरु गर्न दलका प्रतिनिधिहरुलाई साँढे १२ बजे मतगणना स्थलमा बोलाइएको छ ।

विहीबार विहान ७ बजे सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएको थियो । जिल्लाका १ सय ५३ मतदान केन्द्रबाट राती २ बजेसम्म मतपेटिका धनकुटा ल्याइएको थियो ।

धनकुटाको सामुदायिक भवनमा मतगणना गर्न सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...