कनकाई नदीमा अस्थायी बाँसे पुल

Bas ko pul

झापा । झापाको शिवसतासी–७, चन्द्रडाँगी–लालपानीको बीचमा रहेको कनकाई नदीमा बाँसको अस्थायी पुल निर्माण गरिएको छ ।

चन्द्रडाँगीस्थित वडा कार्यालय र बजारमा आवतजावतमा सहज बनाउन स्थानीयवासी र वडा कार्यालयको संयुक्त पहलमा बाँसे पुल निर्माण गरिएको हो । करिब ५० हजारको लागतमा निर्माण गरिएको अस्थायी बाँसे पुलको लम्बाइ ५० मिटरभन्दा बढी रहेको छ ।

नदीमा अस्थायी पुल निर्माण भएपछि त्यस क्षेत्रमा आवतजावत गर्न सहज भएको वडाध्यक्ष नवीन इजमले बताए ।

‘यो पुल अस्थायी हो, वर्षात्मा सुरुङ्गा–दूधे मार्गहुँदै धाउनुपर्ने बाध्यता छँदैछ,’ वडाध्यक्ष इजमले भने, ‘हिउँदको समयमा नदीमा पानी कम हुने भएकाले यस्तो अस्थायी पुल निर्माण गर्नुपरेको हो ।’ सो पुलको आज वडाध्यक्ष इजमले आजै उद्घाटन गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...