रेडक्रसले ल्यायो पाँचथरमा पहिलोपटक शववाहन

Sab bhan

पाँचथर । पाँचथरमा पहिलोपटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो ।

३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा १५ लाख ७६ हजारमा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिए । उनका अनुसार निर्वतमान सांसद श्रीप्रसाद जवेगुले सांसद विकास कोषबाट दिएको १० लाख, फिदिम नगरपालिकाको रु तीन लाख तथा नपुग रकम जिल्ला शाखाको आन्तरिक स्रोत र ऋण सापटी गरी शववाहन ल्याइएको हो ।

उक्त शववाहन अप्राकृतिक मृत्यु भएको जस्तै आत्महत्या, दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिलाई ओसारपसार गर्न मात्रै प्रयोग गरिने रेडक्रस सोसाइटीका कार्यकारी अधिकृत गुरु तिम्सिनाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...