५ वर्ष देखि लगातार जाजरकोटमा धान उत्पादन घट्दो क्रममा

Crop cropped

जाजरकोट । जिल्लामा विगत ५ वर्ष देखि लगातार धान उत्पादन घट्दै गएको छ ।

जलवायु परिवर्तन, सिँचाइ सेवाको अभाव र आधुनिक कृषि प्रणालीअनुसार खेती नगरिँदा धान उत्पादन वर्षेनी घट्दै गएको हो ।

विगत ५ वर्षमा जिल्लामा गरिएको धानखेतीको अवस्थालाई हेर्दा वर्षेनी धान उत्पादन घट्दै गएको पाइएको हो । ५ वर्षअघि १० हजार ४०३ मेट्रिक टन धान फलेको थियो । यसवर्ष सात हजार ३७८ मेट्रिक टन मात्र धान फलेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा.श्रीराम घिमिरेका अनुसार धानखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएको छ । ५ वर्ष अघि २०६९ सालमा ४ हजार १५ हेक्टर जमिनमा धानखेती गरिएकामा यसवर्ष २ हजार ५६२ हेक्टरमा मात्र धानखेती गरिएको थियो ।

विसं २०६९ मा १० हजार मेट्रिक टन, २०७० सालमा तीन हजार ६२ हेक्टर जमिनमा ६ हजार १ सय ८० मेट्रिक टन, २०७१ मा ३ हजार ६३ हेक्टरमा ६ हजार १९७ मेट्रिक टन, २०७२ मा ३ हजार ६३ हेक्टरमा ९ हजार ९७१ मेट्रिक टन र २०७३ मा २ हजार ५६३ हेक्टरमा ७ हजार ३९१ मेट्रिक टन धान फलेको थियो ।

‘जलवायु परिवर्तनको असर, धानखेतीमा किसानको मेहनत तथा लगानी घट्दै गएका कारण उत्पादन घट्दै गएको छ,’ घिमिरेले बताए ।

कूल क्षेत्रफल २ लाख २२ हजार २८१ हेक्टरमध्ये ३७ हजार २ सय ९ हेक्टरमा मात्र खेती गर्ने गरिएको छ । १ लाख ८४ हजार ८२० हेक्टरमा जंगल रहेको छ भने २ सय ५२ हेक्टरमा खोला, नदी र तालले ढाकेको छ ।

बाह्रैमहिना सिँचाइ सुविधा ४ हजार ९७१ हेक्टर जमिनमा मात्र गर्न सकिन्छ । वर्षातका बेला आकासे पानीले सिँचाइ गर्न सकिने जमिन २ हजार ९ सय ४२ हेक्टर रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...