बम निष्क्रिय

Socket bomb

विराटनगर । मोरङमा सोमबार बिहान २ ठाउँमा विस्फोटक पदार्थ फेला परेको छ ।

केराबारी गाउँपालिका–९ स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट बम र २ थान हेण्ड ग्रेनेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद गरिएका ती सबै विस्फोटक पदार्थलाई नेपाली सेनाका बम निष्क्रिय टोलीले निस्तेज पारेको छ ।

त्यस्तै, आज मध्याह्न विराटनगरस्थित मुख्य सडकमा रातो कपडाले बेरिएको शङ्कास्पद वस्तु देखिएको छ ।

हाम्रो अस्पताल नजिकै सडकको पेटीमा भेटिएको त्यो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम निष्क्रिय टोली निस्तेज गर्ने तयारीमा जुटेका छन् । सो स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...