पर्वतको मोदीमा मदिरा बिक्री वितरणमा रोक

Mdira bi rok

पर्वत । पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ ।

गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने सिलबन्दी भएको र गुणस्तरहीन रक्सीको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो । गाउँपालिकाभित्रका सबै वडामा गुणस्तरहीन रक्सी भित्रिने गरेको र त्यसले जनस्वास्थ्यमाथि प्रतिकूल असर पार्नुका साथै समाजमा समेत नराम्रो असर पारेको भन्दै बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए ।

उनका अनुसार आगामी मंसिर २४ गतेदेखि गाउँपालिकाका कुनै पनि स्थानमा यस्तो गुणस्तरहीन रक्सी बिक्री वितरण गरेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ४ ख को १३ अनुसार हटाउन निर्देशन दिने र यस अवधिमा नहटाएमा कारबाही गरिने छ ।

उनले व्यावसायिकरुपमा उत्पादन गरिने अवैध घरेलु मदिरालाई पनि प्रतिबन्ध लगाइने र त्यस्ता व्यावसायिकरुपमा मदिरा उत्पादनमा लाग्नेलाई वैकल्पिक पेशाका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...