थवाङमा खस्यो ८२२ मत

Thawang 1

रोल्पा । दोस्रो संविधानसभा निर्वाचनमा शून्य मतदान भएको थबाङमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा पनि शुन्य मतदान होला भन्ने धेरेको आशंका थियो । त्यति मात्रै होइन, शुन्य मतदान गराउने प्रयास पनि भएकै हो । तर थवाङवासीले सबै प्रयास असफल बनाइदिएका छन् ।

थवाङ गाउँपालिकाको वडा १ र २ मा पर्ने साविकको थबाङ गाविसमा ८ सय २२ मत खसेको छ । वडा १ मा १ हजार २ सय ६७ मतदाता रहेकोमा यसपटक २ सय ७६ मत खसेको छ । वडा नं. २ मा १ हजार ५ सय ५ मतदाता रहेकोमा ५ सय ४६ मत खसेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले थवाङमा शुन्य मतदान गराउन निक्कै लामो प्रयास गरेको थियो । त्यसका लागि अघिल्लो रातिदेखि नै ठाउँठाउामा बम विष्फोट पनि गराएको थियो । तर, त्यसलाई वेवास्ता गर्दै थवाङवासीले उत्साहका साथ मतदान गरेका छन् ।

नेकपाले रातिदेखि नै बिहानसम्म विस्फोट गराएर मतदातालाई अवरोध गर्न खोजे पनि सुरक्षा गस्तीसहित मतदाता मतदान केन्द्रमा आएका थिए । नेकपाले चुनाव खारेज गर्ने र माओवादी केन्द्रले चुनावमा मतदान गर्ने रणनीति अख्तियार गर्दा थवाङी मतदाता निक्कै चर्काे दवावमा थिए । त्यही दवावका बीच थवाङी जनताले मतदानमा उत्साहका साथ भाग लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा दृष्टिकोणले उच्च संवेदनशील मानिएको रोल्पामा चुनाव अवधिभर दर्जनौं विस्फोटका घटना भएका थिए । जिल्लाको थबाङ, उवा, इरिबाङ, पेदीखोला, पाखापानी, जिनाबाङ, गैरीगाउँ, बुढागाउँ, ब्याङखोला लगायतका स्थानमा विस्फोट भएको खड्ग दल गणका गणपति अजय गुरुङले बताए ।

मतदातालाई रोक्नका लागि थबाङ, पाखापानी, जिनाबाङ, घर्तीगाउँको ब्याङखोलामा पटकपटक अज्ञात समूहले बम विष्फोट गराएका थिए । नेकपाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ को जन्मथलो इरिबाङमा मतदातालाई अवरोध गरिएको थियो ।

थवाङसहित जिल्लामा ७० हजार ३ सय २१ मत खसेको निर्वाचन अधिकारी लिलु गिरीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...