अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदानः निर्वाचन आयोग

Prades pratinidhi sabha

काठमाडौँ। पहिलो चरण अन्तर्गत आज बिहानदेखि ३२ जिल्लामा सुरू भएको मतदानमा हालसम्म ५५ प्रतिशत मत खसेको छ ।

उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा चिसोका कारण केही समय ढिलो मतदान सुरू भएतापनि हालसम्म ५५ प्रतिशत मत खसेको आयोगले बताएको छ।


हिमाली क्षेत्रमा अपेक्षाकृत कम मत खसेको आयोगको भनाइ छ। प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रहरुमा मतदान सुरू भएको छ ।

मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ । पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...