किन भयो मेखालामा शुन्य मतदान ?

No vot

काठमाडौं । हुम्लाका एक गाउँपालिकका स्थानीयले पहिलो चरणमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका छन् । हुम्लाको चंखेली गाउँपालिकाका स्थानीयले प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिस्कार गरेका हुन् ।

जुम्लाको चंखेली गाउँपालिकाको रारा प्रावि मेखाला मतदान केन्द्रमा १ सय १९ मतदाता छन् । तर मतदानको समय सकिन लाग्दा पनि अहिलेसम्म एक जनाले पनि मतदान गरेका छैनन । सो मतदान केन्द्रका विहानदेखि नै सुरक्षाकर्मी र मतदान अधिकृतसहितका टोली मतदाता आउने आसमा कुरेर बसेका छन । तर, स्थानीयले मत बहिस्कार गरेका कारण एक जनाले पनि मत नहालेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

स्थानीय कोही नआए पनि बेलुका ५ बजेसम्म निर्वाचन टोली मतदान केन्द्र कुरेर बस्ने बास्कोटाले बताए । उनले स्थानीयलाई घरघर गएर मत हाल्न बोलाउँदा पनि नआएको बताए । मतदान नै बहिष्कार गरेका कारण सो केन्द्रमा मत खस्ने सम्भावना नरहेको उनको भनाई छ ।

सो केन्द्र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव भएको क्षेत्र हो । चन्दले निर्वाचन विथोल्ने प्रयास गर्दै आएका छन् भने सकेसम्म शुन्य मतदान गराउने प्रयासमा रहेकाले सो केन्द्रमा पनि नेकपाको दवावमा मत नखसेको हुनसक्ने अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...