दोलखाको मतदान स्थलमा एक युवतीको मृत्यु
दोलखा । जिन्दगीमा पहिलोपटक मतदान गर्न मतदान स्थल पुगेकी दोलखाकी एक २२ वर्षीय युवतीको मतदान केन्द्रमै मृत्यु भएको छ ।
दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नं. ६ स्थित महेन्द्र मावि मतदान केन्द्रमा मतदान गर्न पुगेकी २२ वर्षीय निर्मला फुँयालको हृदयघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी पहिलोपटक मतदान गर्न गएको र मतदान गर्ने बेलामा उनी आत्तिएर घटना स्थलमै मृत्यु भएको बताइएको छ । प्रहरीले उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएको छ ।
प्रतिकृया दिनुहोस