रुकुममा विप्लवले जलाए मतपेटिका

२१ गतेसम्मलाई मतदान प्रक्रिया रोकियो

Mapetika 1

काठमाडौं । निर्वाचन भाड्ने योजनामा विभिन्न ठाउँमा बम विष्फोट गराउँदै आएको नेपाल कम्युनिस्ट पार्टीले रुकुममा मतपेटिका जलाएका छन् ।

रुकुमको बाँफिकोट गाउँपालिका ५ मा रहेको रत्न मावि काँडा मतदान केन्द्रमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतपेटिका जलाएका हुन् ।

मतपेटिका पुर्ण रुपमा जलेको छ । मतपेटिका जलाइपछि आगामी २१ गतेसम्मलाई मतदान कार्य स्थगित भएको छ ।

मतपेटिका जलाइएको मतदान केन्द्रमा तत्कालका लागि मतदान कार्य स्थगित गरिएको छ । प्रहरीले सो घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिममा १२ बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।


यता, ताप्लेजुङको आठराई गाउँपालिका(३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिकामुनि प्रेसर कुकुर बम भेटिएको छ । बम भेटिएपछि मतदान स्थल केहीबेर तनावग्रस्त बनेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...