आँशु बगाउदै महरा, ओनसरी र वर्षमान काठमाडौँ फर्किए
चितवन । हृदयघातका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको आकस्मिक निधन भए पछि चुनावी अभियानमा रहेका माओवादी नेताहरु सबै कार्यक्रम स्थगित गरेर काठमाडौँ फर्केका छन् ।
उपप्रधानमन्त्री एवं माओवादी वरिष्ठ नेता कृष्णबहादुर महरा, पूर्व सभामुख ओनसरी घर्ती र पूर्व अर्थमन्त्री एवं नेता वर्षमान पुन ‘अनन्त’ अहिले भर्खरै हेलिकप्टरबाट काठमाडौँ प्रस्थान गरेका हुन् ।
रोल्पाबाट ओनसरी र वर्षमानलाई लिएर हेलिकप्टर महरालाई लिन घोराहीको भरतपुर मैदानमा अबतरण भएको थियो । अहिले साढे १० बजे महरा, ओनसरी र वर्षमान एउटै हेलिकप्टरबाट काठमाडौँ प्रस्थान गरेका छन् ।
उपप्रधानमन्त्री एवं माओवादी वरिष्ठ नेता कृष्णबहादुर महराले भने ‘प्रकाशको निधन अकल्पनिय भएका छौँ । अहिले सिंगो पार्टी शोकमा डुबेको छ ।
हेलिकप्टर आइपुग्नुभन्दा निकै बेर अगाडी महरा भरतपुर मैदानमा पुगेका थिए । विहान खबर सुने लगत्तै महरा स्तब्ध भएका थिए । उनले आँशु थाम्न समेत सकेका थिएनन् ।
प्रतिकृया दिनुहोस