झापामा निर्वाचनको चहलपहल बढ्यो

Jhapa chunab

भद्रपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापाको निर्वाचन क्षेत्र नं १ मा निर्वाचनको चहलपहल बढ्दै गएको छ । निर्वाचन क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्की र नेपाली काँग्रेसका तर्फबाट विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

निर्वाचनमा वाम गठबन्धनबाट माओवादी केन्द्रका कार्कीले मात्र निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् भने काँग्रेसले सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उभ्याएको छ । बाम गठबन्धनबाट एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएको छ । क्षेत्र नं १ मा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिका– ९ र १० वडा जोडिएको यस क्षेत्रमा १ लाख ५ हजार ४७५ मतदाता छन् ।

यस क्षेत्रमा प्रतिनिधि सभाका लागि सात जना र प्रदेश सभाका लागि ‘क’ र ‘ख’ मा ८÷८जना उम्मेदवार छन् । प्रदेश सभामा काँग्रेसबाट ‘क’ मा केशव पाण्डे र ‘ख’ मा अशोक पोखरेल तथा वाम गठबन्धनबाट ‘क’ मा एमालेका श्रीप्रसाद मैनाली र ‘ख’बाट एमालेकै गोपालचन्द्र बुढाथोकी उम्मेदवार रहेका छन् ।

खुल्ला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्या रहेको यस क्षेत्रमा पनि जनताले स्वास्थ्य, सडक, बिजुली, सिँचाइ, शिक्षा, रोजगार जस्ता समस्या समाधान हुनुपर्ने र शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार र व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग अघि सारेका छन् ।

निर्वाचनमा यस क्षेत्रमा बाम गठबन्धनको मत बलियो देखिए पनि बाम गठबन्धनका उम्मेदवार गैरझापाली र नेपाली काँग्रेसका उम्मेदवार स्थानीय भएकोले निर्वाचन परिणाम फरक ढंगले आउनसक्ने काँकरभिट्टाका विजय सुवेदी बताउछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...