प्यूठानमा बाम गठबन्धन र कांग्रेसको उम्मेदवारी दर्ता

Pyuthan 16

प्यूठान । आगामी मंसिर २१ मा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्यूठानमा बामगठबन्धन र नेपाली काग्रेस आम्नेसाम्ने हुने भएका छन् ।

बिहीवार बाम गठबन्धनको तर्फवाट राष्ट्रिय जनमोर्चाले र नेपाली कांग्रेस एक्लैले उम्मेद्धवारी मनोनयन दर्ता गराएका छन् । दुबै पक्ष बाजागाजासहित जिल्ला समन्वय समितिको सभाकक्षमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयमा उम्मेद्धवारको मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट राष्टिङ पुनर्निर्माण प्राधिकरणका निवर्तमान कार्यकारी अधिर्कत गोविन्दराज पोख्रेल र बाम गठबन्धनको तर्फवाट राष्ट्रिय जनमोर्चाकी केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले मनोनयन दर्ता गरेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट काग्रेसका क्षेत्रीय सभापति टेकप्रसाद भण्डारीले मनोनयन दर्ता गराएका छन् । बाम गठबन्धनका तर्फबाट एमालेका पूर्व जिल्ला अध्यक्ष हरिप्रसाद रिजालले मनोनयन दर्ता गराए । निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेसका जिल्ला सभापति अमरप्रसाद भण्डारी र बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्णध्वज खडकाले उम्मेदवारी दर्ता गराए ।

त्यसैगरी जिल्लामा नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत प्रदेशसभा र प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्यूठानमा पोख्रेल र पौडेल उत्तिकै परिचित छन् । बाम गठबन्धनकी साझा उम्मेद्वार पौडेल लामो समयदेखि राजनीतिमा लागेकी नेत्री हुन् । उनी निवर्तमान सांसद् पनि हुन् । उनी पुराना कम्युनिष्ट नेता एवं नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहकी पत्नी हुन् ।

राष्टिय योजना आयोगका पूर्वउपाअध्यक्षसमेत रहेका पोख्रेल जनतामाझ लोकप्रिय छन् । उनी बामपन्थी राजनीतिबाटै कांग्रेस प्रवेश गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...