मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

दमौली । पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । 

काठमाडौँबाट पोखरा आउँदै गरेको वा ३८ प ५९७५ नं को मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक भक्तपुर कैलाशपुर बस्ने २० वर्षीय निकेष सिंह र सोही ठाउँका मोटरसाइकल पछाडि बस्ने १९ वर्षीय सवीन अधिकारी तथा पैदल यात्रु गोरखाको पालुङ्टार नपा – १ च्याङ्लिङ बस्ने ६० वर्षीया नानुमाया राना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

पैदल यात्रु नानुमायाको डुम्रेको लक्ष्मी अस्पताल, मोटरसाइकल चालक निकेषको पोखराको फिस्टेल अस्पताल र मोटरसाइकल पछाडि सवार सवीनको आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीव्र गतिमा गुडेका कारण सो मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा सो घटना भएको अनुमान प्रहरीले गरेको. छ । मोटरसाइकल इप्रका आँबुखैरेनीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

पैदल यात्रु नानुमाया र मोटरसाइकलको पछाडि सवार सवीनको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र अर्का मृतक निकेषको शव ल्याउने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...