बिर्तामोड गोलीकाण्डमा मारिएका थापाका परिवारलाई सरकारले १० लाख दिने

38 1

झापा । बिर्तामोड गोलीकाण्डमा मृत्यु भएका आन्दोलनकारी अर्जुनधारा ११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख दिने निर्णय भएको छ ।

शनिबार इलाका प्रहरी कार्यालय, अनारमनीमा बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईँले बताइन् ।

उनको अनुसार किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५/२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको छ ।

साथै, मृतक परिवारमा रहेका बालबच्चालाई अध्ययन खर्च नगरपालिकाले व्यहोर्ने भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः २ दिन थप अनुसन्धान गर्ने निर्णय गरेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...