हिउँदमा लोडसेडिङ हुन नदिन टनकपुर नाकाबाट ४० मेगावाट विद्युत ल्याइने : कुलमानको सम्झौता

Kulman ghising

काठमाडौँ । हिउँदमा लोडसेडिङ हुन नदिन टनकपुर नाकाबाट ४० मेगावाट विद्युत ल्याइने, कुलमानले गरे सम्झौता

काठमाडौँ नेपाल विद्युत् प्राधिकरणले टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत आयात गर्ने भएको छ।

हिउँदको विद्युत माग व्यवस्थापनका लागि भन्दै प्राधिकरणले विद्युत आयातका लालगि सम्झौता गरेको हो।

गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएकोमा यस वर्ष ५ मेगावाट थपिएको हो।

यो हिउँदमा थप ५ मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो।

विद्युत् आयातसम्बन्धी द्धीपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर टे«ड कर्पोरेशन पिटिसि इन्डियाका तर्फबाट डा राजीवकुमार मिश्राले हस्ताक्षर गरे।
सम्झौता यही कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिनेछ। यो पुरानै सम्झौताको नवीकरण भएको छ।

सम्झौताअनुसार प्राधिकरणले पिटिसीसँग प्रतियुनिट भार ३ रुपैयाँ ४४ पैसामा विद्युत् खरिद गर्नेछ ।

टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत् आयात हुँदा सुक्खा याममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ।

यस्तै टनकपुरमा नै १ सय एपभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत आयात गर्ने सम्बन्धमा छलफल गर्न प्राधिकरणको उच्च नेतृत्व शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।

सो टोलीमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रवक्ता अधिकारी र उपकार्यकारी निर्देशक लेखनाथ कोइराला रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...