सरकारमा बस्ने कि छाड्ने भन्ने विषयमा प्रचण्डले गरे यस्तो खुलासा

Pr ch

काठमाडौँ । नेकपा माओवादी केन्द्रक अध्यक्ष प्रचण्डले सरकारमा बस्ने कि छाड्ने भन्ने विषयमा आज निर्णय हुने बताएका छन् ।

पार्टी निकट विद्यार्थी संगठनको पदाधिकारी वैठकलाई सम्बोधन गर्दे प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि सरकारकोवारेमा निर्णयमा पुग्ने बताएका हुन् ।

‘सुरुमै मैले प्रधानमन्त्रीलाई भनेको थिए, सरकार छाड्ने भएपनि हामी तयार छौँ । उनले पर्दैन पर्देन भने । अहिले माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्छ भन्ने मिडियामा हल्ला आएको छ ।’ प्रचण्डले भने, ‘हामी त नैतिकताका आधारमा सरकारमा बसेको हो ।

चुनाव गराउने बेलासम्म सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्री फिर्ता नहुँने भनेका थियौँ । तर, अहिले प्रधानमन्त्रीज्यूले राप्रपालाई सरकारमा ल्याएपछि माओवादीले छाडिदिए हुन्थ्यो भन्ने आशय राखेजस्तो पाएको छु । उनले चाहेको के हो ?

उनले माओवादीको ध्यान सरकार भन्दा चुनावमा रहेको बताए । तोकिएकै समयमा निर्वाचन समपन्न गर्न सरकार छोड्न समेत तयार रहेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...