१ करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै  

Pich road

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १ करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्न थालेको छ ।

महानगरपालिको सहयोगमा कामनपा वडा नं २६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो ।

सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम शुरु गरेको कामनपा–२६ वडाका अध्यक्ष ख्यामराज तिवारीले राससलाई जानकारी दिए । “चाँडै नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ कालोपत्र गर्ने कामलाई तीव्रता दिएका हौँ”, अध्यक्ष तिवारीले भने ।

केही महिना अगाडिदेखि नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रूपमा विकास गर्नका लागि महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेलका पर्यटन व्यवसायीबीच छलफल हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...