हत्याअघि पक्राउ परेकाले हान्न सक्लान त गौचनलाई गोली ?

Gauchan car

काठमाडौ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि प्रहरी हत्याराको पछि दौडिएको छ । तर, हत्यारालाई पक्राउ गर्नुको सट्टा हत्या हुनुपूर्व पक्राउ गरिएका तीन जनालाई गौचनको हत्यामा संलग्न रहेको दावी गरिरहेको छ ।

गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरेको छ । तर, स्रोतका अनुसार प्रहरीले ती ३ जनालाई घटना अगावै बौद्ध जोरपाटीबाट पक्राउ गरेको थियो ।

गौचनको हत्या भएलगत्तै गौचनको हत्याको जिम्मा गुण्डा नाइके मनोज पुन मगर समूहले लिएका छन् । तर, प्रहरीले भने गौचनका हत्यामा संलग्नलाई पक्राउको माग गर्दै सडक आन्दोलन थालेपछि ३ जनालाई पेस्तोलसहित पक्राउ गरेको बताएको छ ।

प्रहरीले हतियारसहित पक्राउ गरेको भनिएकामा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप लामा छन् । अहिलेसम्म उनीहरु गौचनको हत्यामा संलग्न थिए कि थिएनन् भन्नेमा प्रहरी नै अनविज्ञ छ ।

यता, दिउँदै गोली हानी हत्या गरिएका गौचनको हत्यारालाई पक्राउ नगरेसम्म लास नउठाउने निर्माण व्यवसायीले चेतावनी दिएका छन् । महासंघका पूर्व अध्यक्ष जिपछिरिङ लामाले हत्यारालाई कारबाही नगरेसम्म गौचनको लास नउठाउने चेतावनी दिएका छन् ।

महासंघका महासचिव रामशरण देउजाले पनि गोली प्रहार गर्नेलाई पक्राउ नगरेसम्म लास नउठाइने बताए ।

अहिले गौचनको शवलाई पोष्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पतालमा लगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...