कपिलवस्तुमा करवाचौथ पर्व हर्सोल्लासका साथ मनाइयो

Karwa chauth post

कपिलवस्तु । करवाचौथ पर्व कपिलबस्तुमा धुमधामका साथ मनाइएको छ । तराईका हिन्दु महिलाहरुले मनाउने पर्व करवाचौथ कपिलबस्तुमा पनि धुमधामका साथ मनाइएको छ ।

परापुर्व कालदेखी यो पर्व तराईका विवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्वको रुपमा मनाउदै आएका छन् ।

करवाचौथ पर्व विवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्व हो । मूख्यतः यो पर्वमा महिलाहरु श्रीमानको सुखशान्ति, लामो आयु तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै उपवास बस्ने र दिनभरि निराहर व्रत बसेका व्रतालुले रातिको समयमा चन्द्रमाको पूजा गरेपछि उपवास तोडने परम्परा रहेको छ ।

माता पार्वतीले कठिन तपस्या गरेर भगवान शिवलाई श्रीमान प्राप्त गरेपछि अखन्ड सौभाग्यका लागि यो व्रत गरिएको धार्मिक ग्रन्थ नारद पुराणमा उल्लेख छ । यो पर्वमा अविवाहित महिलाले भने मनले चिताएको श्रीमान पाउनका निम्ति यो व्रत बस्ने गर्दछन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...