प्रधानमन्त्री देउवा आज स्वदेश फर्कंदै

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसङ्घको ७२औँ महासभामा सहभागी हुनाका साथै ओमनको तीनदिने औपचारिक भ्रमण गरी आज स्वदेश फर्कंदै छन् ।

प्रधानमन्त्री देउवा महासभामा भाग लिई स्वदेश फर्कने क्रममा यही असोज ९ गते ओमनको मस्कट पुगेका थिए । उनको भ्रमणलाई ओमन सरकारले औपचारिकता प्रदान गरी उच्च सम्मानका साथ स्वागत गरेका छन् ।

ओमन भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रधानमन्त्री देउवालाई ओमनका यातायात तथा सञ्चारमन्त्री डा अहमद मोहम्मद अल फुतैसी, मन्त्रिपरिषद्का महासचिव सेख ए–फढल मोहम्मद अल हर्थी, राजदुत सेख यहया अबदुल्ला अल–फना अल अरैमी, ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया विभाग प्रमुख सेख हिलाह मर्हुन अल मम्मारीलगायतले बिदाइ गरेका थिए।

ओमन भ्रमणमा प्रधानमन्त्री देउवासँग ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदलगायत उच्चअधिकारीले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री देउवाले ओमनमा रहँदा खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी छन् ।

महासभामा भाग लिन असोज ३ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री देउवा आज राति स्वदेश फर्कंदै छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...